कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

विस्कन्सिनमा गभर्नर पदका लागि रिपब्लिकन टम टिफनी र डेमोक्रेटिक पार्टीका डेभिड क्राउलीबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन । अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा प्रमुख राज्यहरूको राजनीतिक दिशा निर्धारण गर्ने गभर्नर पदका प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।

रिपब्लिकनहरू आफ्नो बहुमत जोगाउने प्रयासमा छन् भने डेमोक्रेटिक पार्टीका उम्मेदवारहरू टेक्सास, जर्जिया, मिशिगन र मेनलगायत राज्यमा सिनेटका महत्त्वपूर्ण सिट जित्ने रणनीतिमा छन् । खुला सिट र कडा प्रतिस्पर्धाका कारण नौ राज्यको निर्वाचन विशेष चासोमा परेको छ ।

टेक्सासमा रिपब्लिकन केन प्याक्सटन र डेमोक्रेटिक पार्टीका जेम्स तालारिकोबीच सिनेटका लागि प्रतिस्पर्धा छ । यसै राज्यमा रिपब्लिकन गभर्नर ग्रेग एबट चौथो कार्यकालका लागि डेमोक्रेटिक पार्टीकी गिना हिनोजोसासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सन् १९८८ यता टेक्सासबाट कुनै डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका छैनन् ।

ओहायोमा पूर्व डेमोक्रेटिक सिनेटर सेरोड ब्राउनले रिपब्लिकन जोन हस्टेडलाई चुनौती दिनुभएको छ । गभर्नर पदका लागि रिपब्लिकन विवेक रामास्वामी र डेमोक्रेटिक पार्टीकी एमी एक्टन प्रतिस्पर्धामा हुनुहुन्छ । मिशिगनमा सिनेटको रिक्त सिटका लागि रिपब्लिकन माइक रोजर्स र डेमोक्रेटिक पार्टीका अब्दुल एल–सायेदबीच प्रतिस्पर्धा छ । एल–सायेदलाई मुस्लिम ब्रदरहुडसँग जोड्ने आरोपको उहाँले खण्डन गर्नुभएको छ । गभर्नर पदमा डेमोक्रेटिक पार्टीकी जोसलीन बेन्सन र रिपब्लिकन जोन जेम्स भिड्दै हुनुहुन्छ ।

जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफले रिपब्लिकन माइक कोलिन्ससँग आफ्नो सिट जोगाउने प्रयास गर्दै हुनुहुन्छ । गभर्नर पदमा रिपब्लिकन रिक ज्याक्सन र डेमोक्रेटिक पार्टीकी केइशा ल्यान्स बटम्सबीच प्रतिस्पर्धा छ । आयोवामा सिनेटका लागि रिपब्लिकन एश्ले हिन्सन र डेमोक्रेटिक पार्टीका जोश टुरेक तथा गभर्नर पदमा डेमोक्रेटिक पार्टीका रोब स्यान्ड र रिपब्लिकन ज्याक लान प्रतिस्पर्धामा हुनुहुन्छ ।

विस्कन्सिनमा गभर्नर पदका लागि रिपब्लिकन टम टिफनी र डेमोक्रेटिक पार्टीका डेभिड क्राउलीबीच प्रतिस्पर्धा छ । नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डो दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका आरोन फोर्डसँग भिड्दै हुनुहुन्छ । मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्स र डेमोक्रेटिक पार्टीका ट्रोय ज्याक्सन प्रतिस्पर्धामा हुनुहुन्छ भने फ्लोरिडामा गभर्नर पदका लागि रिपब्लिकन बायरन डोनाल्ड्स र डेमोक्रेटिक पार्टीका डेभिड जोली तथा सिनेटका लागि रिपब्लिकन एश्ले मूडी र डेमोक्रेटिक पार्टीकी एन्जी निक्सनबीच प्रतिस्पर्धा छ ।

यी राज्यका सिनेट र गभर्नर पदका परिणामसँगै प्रतिनिधिसभाका निर्वाचनले पनि अमेरिकी कङ्ग्रेसमा शक्ति सन्तुलन निर्धारण गर्ने अपेक्षा गरिएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार