कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने

चिकित्सा शिक्षा सुधारका माग बेवास्ता गरेको भन्दै डा. केसी सरकारसँग असन्तुष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकारसँग आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

आफ्नो २५औँ सत्याग्रहको छैटौँ दिन बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

न्यूनतम पूर्वाधार र मापदण्ड पूरा नगरेका संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिने, स्वार्थ बाझिने व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिने तथा निजी मेडिकल कलेजका सशुल्क सिट बढाएर छात्रवृत्ति कटौती गर्ने सरकारी प्रवृत्तिप्रति उनले आपत्ति जनाएका छन्।

यसअघि २०८३ साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै डा. केसीले सहमतिको मर्मविपरीत निर्णय भइरहेको दाबी गरेका छन्। वार्ताबाट आश्वासन मात्रै प्राप्त हुने र कार्यान्वयन नहुने अवस्था दोहोरिन सक्ने आशंकासमेत उनले व्यक्त गरेका छन्।

चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगले विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षा हासिल गर्ने अवसर बढाएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिको संरक्षण र सुदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायका लागि उठाइएका मागहरू सम्बोधन नभएसम्म सत्याग्रहसहितको हाम्रो आन्दोलन जारी रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

यसैबीच, शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीका अधिकांश माग कार्यान्वयन भइसकेको र बाँकी माग पनि प्रक्रियामा रहेको जनाएको थियो। मन्त्रालयले सत्याग्रह अन्त्य गरी संवादमा आउन उनलाई आग्रह गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार