कार्तिक १४, २०८३ शनिबार October 31, 2026

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो ।

कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।

शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी, बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारलाई अवसर खुलाइएको छ । सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । मिडवाइफरी तथा आईसीयूमा तालिम प्राप्त र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

आईटी सहायक पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । नेटवर्क तथा सिस्टम सपोर्ट, हार्डवेयर, सफ्टवेयर, सर्भर व्यवस्थापन, नेटवर्क समस्या समाधान र प्राविधिक सहयोगसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । त्यस्तै, कलेजले सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेकाे छ ।

यस्तै, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट र हेमोडायलाइसिस टेक्निसियन पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता तथा तालिम आवश्यक पर्नेछ । कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ । प्रशासनिक सहायकका लागि सम्बन्धित विषयमा स्नातक तह र कम्प्युटर अपरेटरका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह तथा आधारभूत ग्राफिक्ससम्बन्धी ज्ञान आवश्यक पर्ने सूचनामा जनाइएको छ ।

इच्छुक उम्मेदवारले कलेजको आधिकारिक करिअर वेबसाइट https://www.nmcth.edu/career मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन इमेलमार्फत पठाउन चाहनेले [email protected] मा आफ्नो विवरण पठाउन सक्नेछन् ।
कलेजले आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ । उम्मेदवारलाई आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, आवश्यक कागजात र सूचनामा उल्लेख गरिएका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ ।
यस अवसरले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, प्राविधिक तथा प्रशासनिक क्षेत्रमा काम गर्न इच्छुक योग्य जनशक्तिलाई नेपाल मेडिकल कलेजसँग आबद्ध हुने अवसर प्रदान गर्नेछ । कलेजले झन्डै तीन दशकदेखि नेपालकाे चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा अनवतरत याेगदान पुर्याउँदै आइरहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी
२०८३ कार्तिक १४, शनिबार
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
२०८३ कार्तिक १४, शनिबार
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
२०८३ कार्तिक १४, शनिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
२०८३ कार्तिक १४, शनिबार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
२०८३ कार्तिक १४, शनिबार
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार