कार्तिक १६, २०८३ सोमबार November 2, 2026

इलाममा २५औं सत्याग्रह थालेका डा. गोविन्द केसी टिचिङ अस्पताल भर्ना

४ दिन अगाडी कैलालीको गेटा अस्पतालमा मेडिकल शिक्षा स्थगन गर्नुपर्नेलगायतको माग गर्दै इलाममा अनशन थालेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १६ कात्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि टिचिङ अस्पताल भर्ना गरिएको छ ।

इलाममा २५औं सत्याग्रह थालेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान उनलाई इलामबाट काठमाडौँ ल्याइएको हो ।

इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्थामा थप जटिलता देखिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

इलाम अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेको पाइएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा घटेर प्रतिडेसिलिटर ३५ मिलिग्रामसम्म पुगेको थियो ।

टाइप–२ मधुमेहका बिरामीसमेत रहेका केसीको पिसाबमा एसिटोनको मात्रा बढेको, रक्तचाप १००/६० रहेको र मुटुको चालमा समेत अनियमितता देखिएको चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूका अनुसार रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा शरीरका महत्त्वपूर्ण अंगहरूको कार्यक्षमतामा असर पर्न सक्छ । विशेषगरी मस्तिष्क र मुटुको कार्यप्रणाली प्रभावित हुने जोखिम रहन्छ ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकहरूले उनलाई तत्काल आवश्यक उपचार लिन आग्रह गरेका थिए । शरीरमा तरल पदार्थ दिइए पनि उनले ग्लुकोज लिन अस्वीकार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ थियो । कैलालीको गेटा अस्पतालमा मेडिकल शिक्षा स्थगन गर्नुपर्नेलगायतको माग गर्दै उनले इलाममा अनशन थालेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्तन क्यान्सर सचेतनाका लागि काठमाडौँ क्यान्सर सेन्टरको निःशुल्क परीक्षण अभियान
२०८३ कार्तिक १६, सोमबार
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार