असार ३०, २०८२ सोमबार July 14, 2025

केजरीवाललाई राहत, जमानतमा छोड्न अदालतको आदेश

अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ ।

अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीश समक्ष बहस गर्न सकिने बताएको छ । यसअघि, ईडीले अदालतलाई ४८ घण्टाको लागि जमानतमा रोक लगाउन भनिएको थियो, तर छुट्टी बेन्चले यसलाई अस्वीकार गर्यो ।

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया