श्रावण २, २०८२ शुक्रबार July 18, 2025

योग स्वास्थ्य र कल्याणको मार्ग हो : मुख्यमन्त्री महरा

योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मर्चवार, (लुम्बिनी), ६ असार : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताउनुभएको छ ।

भारतीय राजदूतावास, लुम्बिनी विकास कोषसहितको आयोजनामा आज लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताउनुभएको हो ।

“योगले हामीलाई आत्म–ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पु-याउँछ”, उहाँले भन्नुभयो । योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उहाँको भनाइ छ । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले योगका फाइदालाई स्वीकार्दै सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिले योगलाई दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न आग्रह गर्नुभयो । “यस प्राचीन अभ्यासको रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो । गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा खुसी र आनन्द भएको उहाँले बताउनुभयो ।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री महराले भारतीय दूतावासलाई धन्यवाद दिनुभयो । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भगवान् बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा यसले पर्यटन प्रवर्द्धन हुने बताउनुभयो । उहाँले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने जानकारी दिनुभयो । लुम्बिनीको प्रचारप्रसारका लागि भारतीय दूतावासले विभिन्न कार्यक्रम गर्दै आएको श्रीवास्तवले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै योग अभ्यासले फाइदा गर्ने धारणा राख्नुभयो । उहाँले लुम्बिनी विकास कोषले भारतीय दूतावाससँग सहकार्य गरेर कार्यक्रम गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । सदस्य सचिव शाक्यले सुनौली नाकामा व्यवस्थित एकीकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदूतको ध्यानाकर्षण गराउनुभयो । उहाँले नाकामा पर्यटकले दुःख पाइरहेको बारे गुनासो गर्नुभयो ।

राजदूत श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गर्नुभएको थियो । उहाँलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दीन खाँ, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदूतावास, लुम्बिनी विकास कोष, बिपी कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रुपमा आज दिवस मनाएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार