असार २६, २०८२ बिहिबार July 10, 2025

लुम्बिनी प्रदेश सभा : कांग्रेसकाे बिराेधपछि बैठक स्थगित

सरकारले ल्याएकाे बजेटले संघीयतालाइ बलियाे बनाउदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे १५ औं बैठक आधा घण्टाकाे लागि स्थगित भएको छ ।

सरकारले ल्याएकाे बजेट माथि असहमति जनाउँदै कांग्रेसले संसदमा बिराेध जनाएपछि सभामुख तुलाराम घर्ती मगरले सरकार र प्रतिपक्ष दलकाे बिचमा संवादकाे लागि भन्दै बैठक आधा घण्टाकाे लागि स्थगित गर्नु भएको हाे ।

संसद बैठकलाई संवाेधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीले संघीयता बिराेधी बजेट ल्याएकाे आराेप लगाउदै सदन अवरुद्द गर्ने जानकारी दिनु भएको थियाे ।`सरकारले ल्याएकाे बजेटले संघीयतालाइ बलियाे बनाउदैन´उहाँले भन्नुभयाे,-`संघीयता यसरी सफल हुदैन ।´

बैठकलाई सम्बाेधन गर्दै उहाँले आफ्नाे नेतृत्वकाे सरकारले राजश्वकाे अनुमान गलत गरेकाे स्विकार्दै वर्तमान सरकारले साेही गल्ती दाेहाेर्याएकाे बताउनु भयाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया