असार १४, २०८१ शुक्रबार June 28, 2024

अमेरिका भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ताको पक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन डीसी, ७ असार : अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताउनुभएको छ ।

उहाँले छलफलको  गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताउनुभयो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको र दुबै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया सुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भन्नुभयो, “हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत– पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छाैँ ।

तर, गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन ।”

जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिनुभएको थियो ।

“तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई ।

हामी घृणालाई आशाले प्रतिस्थापन गरौं र दक्षिण एसियाका दुई अर्ब मानिसहरूको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ,” पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले सामाजिक सञ्जाल एक्समामार्फत शुभकामना दिनुभएको थियो ।

नवाज सरिफको बधाई सन्देशको जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गर्नुभएको थियो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया