असार ३०, २०८२ सोमबार July 14, 2025

युक्रेनका १ सय १४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् ।

रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले टेलिग्राममा बताउनुभयो ।

War in Ukraine: How Using Drones Has Helped Kyiv Neutralize Russia's Edge -  Bloomberg

दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणसँग लडिरहेको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरूलाई लक्षित गर्दै रूसी क्षेत्रमा आक्रमण बढाएको छ ।

Ukraine: Cheap Drones Becoming Less Effective Against Russia Jamming -  Business Insider

युक्रेनको ऊर्जा पूर्वाधारमा लक्षित रूसी मिसाइल र ड्रोन आक्रमणले देशको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको किएभलाई युरोपेली सङ्घबाट बिजुली आयात गर्न बाध्य पारेको छ ।

How Ukraine's innovative use of drones has revolutionised modern warfare -  ABC News

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया