असार १४, २०८१ शुक्रबार June 28, 2024

गाजामा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको पुष्टि

इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३७ हजार ४ सय नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ८ गते । इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमान्डर मारिएको पुष्टि गरेको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतङ्कवादी कार्यमा भूमिका खेल्ने अहमद अल–सवारकालाई सैन्य विमानले मारेको बताउनुभयो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार आइडिएफ सेनाहरूले मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन् ।

गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबारसम्म इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको छ र ८५ हजार ६५३ घाइते भएको बताएका छन् । सिन्ह्वाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया