श्रावण ४, २०८२ आइतबार July 20, 2025

विश्वकप क्रिकेटको सुपर-८मा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा

आज बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत सुपर-८ को खेलमा अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डले गएराती अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै पनि विकेट नगुमाई भेटायो। इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा समेटिएको थियो। नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिकसहित चार विकेट लिए । स्याम करन र आदिल राशिदले २-२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए।

जितपछि सुपर-८ को समूह २ मा तीन खेलबाट चार अंक बटुल्दै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ। समान २-२ खेलमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अंक छ।

आज बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्नेछ । अमेरिका भने विना अंक बाहिरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार