मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आइसीसी टि‌ ट्वान्टी विश्वकप : अफगानिस्थानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका विजयी

अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, पहिलो पटक फाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : दक्षिण अफ्रिका आइसीसी टि‌ ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। आज बिहान ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अफगानिस्थानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका विजयी भएको हो।

दक्षिण अफ्रिकाले ८.५ ओभरमा निर्धारित लक्ष्य पूरा गर्दै पहिलो पटक टि‌-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक २९ रन र एडेन मार्करामले २३ रन बनाउँदै अविजित रहे। क्विन्टन डे कक भने ५ रनमा आउट भएका थिए। अफगानिस्थानका लागि फजलहक फारुकीले उनको विकेट लिएका हुन्।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा ५६ रन मात्र बनाएको थियो।अफगानिस्थानका अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाएका थिए। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा

पहिलो पटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिकाका तीव्र गतिको बलरसामू निरिह बन्न पुगेको हो। दक्षिण अफ्रिकाका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ , कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।

दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका, सुपर-८ को समूह-२ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो।

यता समूह चरणमा न्यूजिल्यान्ड,पपुवा न्यूगिनी र युगान्डा, सुपर-८ मा अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक अफगानिस्थान सेमिफाइनलमा पुगेको थियो।

शुक्रबार दोस्रो सेमिफाइनल भारत र इङ्ल्यान्डबीच हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार