असार २६, २०८२ बिहिबार July 10, 2025

विप्लवका जनसरकार प्रमुख सहित ६ जना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विद्रोही संगठन नेकपा विप्लवका कैलाली जनसरकार प्रमुख सहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शनिबार राति जनसरकार प्रमखु दलबहादुर बिक र धनगढी इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई धनगढीबाट पक्राउ गरेको हो ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर -१२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

प्रनाउ बिष्टका अनुसार पक्राउ पर्नेमा बिक र रावलसहित विप्लव निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजंग सिंह, जिल्ला अध्यक्ष सुवास जोशी, डम्बर सुनार, र लक्की शाह रहेका छन् ।

उनीहरुलाई शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रवक्ता बिष्टले बताए । पक्राउ परेका सबैजनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार