असार २९, २०८२ आइतबार July 13, 2025

युक्रेनी सेनाका एक शीर्ष कमाण्डर बर्खास्त

धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चालेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चालेको बताइएको छ ।

लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको सुरुदेखि युक्रेनको सशस्त्र बलको कमाण्डर थिए । उनको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ । यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाएका छैनन् ।

लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेको जेलेन्स्कीले सोमबार राति एक सम्बोधनमा घोषणा गरेका थिए ।

जनरल सोडोललाई फेब्रुअरी २०२४ देखि सशस्त्र बलको कमाण्डर बनाइएको थियो ।  हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया