असार १८, २०८१ मंगलबार July 2, 2024

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

कार्यव्यवस्था परामर्श समिति, संयुक्त समिति र विषयगत समितिका सदस्य हेरफेर गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न संसदीय समितिका सदस्यहरुको हेरफेरसहित व्यवस्थापन कार्यको कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

व्यवस्थापन कार्य अन्तर्गत पर्यटनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाम उत्पति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ भने सो प्रस्तावलाई पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा कार्यव्यवस्था परामर्श समिति, संयुक्त समिति र विषयगत समितिका सदस्य हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया