असार २६, २०८२ बिहिबार July 10, 2025

बागमती प्रदेशसभा बैठक : सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारका तर्फबाट जवाफ दिनुभएपछि बजेट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर, १३ असार : बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिनुभएको छ ।

छलफलमा सहभागी प्रदेशसभाका सदस्यहरुले विभिन्न मन्त्रालयले तर्जुमा गरिएको नीति कार्यक्रम र बजेट बाँडफाँडलाई लिएर उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको हो ।

बैठकमा श्रम, रोजगारमन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री रमा आलेमगर, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य र भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।

नौ जना मन्त्रीहरुले जवाफ दिनुभएपछि प्रदेशसभाका सदस्यहरुले क्रमशः पुरक प्रश्न गर्नुभएको थियो । आजकै बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारका तर्फबाट जवाफ दिनुभएपछि बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

सम्बन्धित मन्त्रीहरुले आआफ्नो मन्त्रालयले नीति कार्यक्रम र बजेट बाँडफाँडमा क्रमशः घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन, हस्तकला प्रवर्द्धनका लागि गुरुयोजना तर्जुमा, ऐतिहासिक सम्पदाको मर्मत सम्भार, हिमाली क्षेत्रमा पर्यटन विस्तार, पर्यटकलाई आवासीय सुविधा र पर्यटन सूचना प्रवाह गर्ने नीति रहेको स्पष्ट पार्नुभएको छ ।

उक्त बैठकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणात्मक रुपमा स्तरोन्नति गर्न सबै अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मीहरुको दरबन्दी सृजना गर्ने र अस्पतालमा आउने बिरामीको उपचार सेवा प्रभावकारी बनाइनेतर्फ जोड दिइएको सम्बन्धित मन्त्रीहरुले स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विनियोजित बजेटमाथि उठेको प्रश्नको उत्तर दिनुभएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार