असार १६, २०८१ आइतबार June 30, 2024

डेंगु संक्रमण रोक्न लामखुट्टेको लार्भा नष्ट गर्दै काठमाडौं महानगर

डेंगुको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : काठमाडौं महानगरले डेंगु फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरेको छ।

महानगरको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानका लागि ६२२ जनाको टोली परिचालन गरेको छ। उक्त अभियानमा ६४ जना स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्।

क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको विभागले जनाएको छ। यस्तै सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानले गरिरहेको छ।

त्यसैगरी डेंगु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० सञ्चालनमा छ। अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ।

स्वास्थ्य प्रवर्धन केन्द्रहरूमा डेंगुको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
२०८१ असार १६, आइतबार