श्रावण २, २०८२ शुक्रबार July 18, 2025

निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन

निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १३ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो।

उहाँभन्नुहुन्छ, “स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्छ। ”

सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरेको छ।

डा. बुढाथोकीका अनुसार निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नुहुन, सेवाग्राहीको फोटो सहितको प्रगति प्रतिवेदन हरेक हप्ता  मन्त्रालयमा पेस गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यसले निःशुल्क स्वास्थ्य सेवाको पारदर्शिता र प्रभावकारिता बढ्नुका साथै गरिब तथा विपन्न नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रप्त गर्न सहजीकरण गर्ने तथा नेपालको स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा मन्त्रालयले गरेको छ।

निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्नुका साथै सेवा सम्झौदा रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारवाही गर्ने मन्त्रालयले  चेतावनी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार