श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोपा अमेरिका फुटबल : उरुग्वेले बोलिभियालाई ५-० गोलले हरायो

उरुग्वे तीन खेलबाट नाै अङ्कसहित तालिकाको शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोपा अमेरिका फुटबलमा समूह ‘सी’ अन्तर्गत आज भएका खेलमा उरुग्वे र पानामाले जीतेका छन् ।

मेटलाइफ स्टेडियममा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोलले हरायो । उरुग्वेका लागि फाकुण्डो पेलिस्ट्री आठौं, डर्वीन नुनेजले २१ औं, म्याक्सिमिलियानो अरौजो ७७ औं, फेडेरिको भल्भर्डले ८१ औं र रोड्रिगो बेनटेनकरले ८९ औं मिनेटमा समान एक गोल गरे ।

यस्तै आजै भएको पहिलो खेलमा पानामाले अमेरिकालाई हराएको छ । मर्सिडिज वेञ्च स्टेडियममा आज भएको खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले हराएको हो । अमेरिकाका लागि फोलारिन बलोगनले खेलको २२ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

Copa America 2024: Uruguay routs Bolivia 5-0 as Núñez scores in 7th  straight game

पानामाका केशर ब्ल्याकम्यानले २६ औं मिनेटमा गोल गरेर खेलमा बराबरी बनाए । त्यस्तै जीतका लागि खेलको ८३ औं मिनेटमा जोसे फर्डाजोले गोल गरेपछि पानामाले अमेरिकालाई हराउन पुग्यो ।

याे जीतसँगै उरुग्वे तीन खेलबाट नाै अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यस्तै अमेरिका दुई खेलबाट तीन अङ्कसहित दोस्रो, समान अङ्क भएको पानामा तेस्रो र पुछारमा रहेको बोलिभिया अङ्कविहिन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार