असार १७, २०८१ सोमबार July 1, 2024

अजरबैजान राष्ट्रपतिद्वारा तत्काल संसदीय निर्वाचन आह्वान

चुनावले अलियेभको पकड विस्तार गर्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभले शुक्रबार आगामी सेप्टेम्बरका लागि संसदीय निर्वाचन आह्वान गर्नुभएको छ । यस वर्षको अन्त्यमा बाकुमा आयोजना हुन लागेको कोप–२९ जलवायु सम्मेलनसँगै घोषणा गरिएको चुनावलाई राष्ट्रपति अलियेभको बाहना भएको टिप्पणी गरिएको छ ।

सांसदहरूले गत हप्ता अलियेभलाई व्यवस्थापिका संसद विघटन गर्न र चुनावबाट पन्छिन कोप–२९ कै समयमा चुनाव घोषणा गर्न सुझाव दिनुभएको थियो । कोप–२९ आगामी नोभेम्बर ११–२२ सम्म सञ्चालन हुने कार्यतालिका छ ।

अलियेभले आफ्नो ‘येनी नयाँ अजरबैजान पार्टी’को वर्चस्व रहेको संसद् विघटनको घोषणा गरिसक्नुभएको छ । “गणतन्त्र अजरबैजान ‘मिलि मजलिस’को प्रारम्भिक चुनाव आगामी सेप्टेम्बर १ मा हुनेछ”, संसद् बिघटनपछिको आदेशमा भनिएको छ । चुनावले अलियेभको पकड विस्तार गर्ने अपेक्षा गरिएको छ ।

अलियेभको दुई दशकको शासनमा अजरबैजानमा भएका कुनै पनि निर्वाचनलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले स्वतन्त्र र निष्पक्ष रूपमा मान्यता दिएका छैनन् ।

आफ्ना बुबा अजरबैजानका सोभियत युगका कम्युनिष्ट नेता र केजीबीका पूर्वजनरल हेदर अलियेभको मृत्युपछि सन् २००३ मा पहिलो पटक निर्वाचित भएदेखि ६२ वर्षीय अलियेभ निरन्तर शासन सञ्चालन गरिरहनुभएको छ ।

तीन दशकसम्म आर्मेनियाली जनसङ्ख्या भएको नागोर्नो–काराबाख क्षेत्रलाई नियन्त्रण गर्ने आर्मेनियाली पृथकतावादी सेनामाथि अजरबैजानको सैन्य विजयका कारण उहाँको लोकप्रियता कम भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया