असार १९, २०८१ बुधबार July 3, 2024

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते

घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इजरायल । इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ ।

आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन ।

घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रतिक्रियामा इजरायली वायु सेनाले आइतबार राति दक्षिणी लेबनानको हिजबुल्लाह शिविरलाई लक्षित गरी आक्रमण गरेको छ ।

आक्रमणमा मर्काबा नजिकैको हिजबुल्लाह अवलोकन चौकी र आयता एस शाब नजिकैको उत्तरी इजरायलतर्फ मिसाइल प्रक्षेपण गर्न प्रयोग गरिएको लञ्चरस्थलमा प्रहार गरिएको इजरायली सेनाले बताएको छ ।

पछिल्लो घटनाले इजरायल र लेबनानको सशस्त्र समूह तथा राजनीतिक दल हिजबुल्लाहबीच सन् २०२३ को अक्टोबरदेखि जारी सीमापार हिंसाको निरन्तरतालाई सङ्केत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया