असार १९, २०८१ बुधबार July 3, 2024

कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिए।

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उनले बताए।

यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया