असार २०, २०८१ बिहिबार July 4, 2024

स्याङ्जामा १० विद्यालयको नतिजा शुन्य

नजिता शुन्य ल्याउने सबै सामुदायिक विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्याङ्जा । गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । गत चैत्रमा जिल्लाका सामुदायीक तथा संस्थागत गरी १६९ विद्यालयका ४ हजार ७२ जनाले एसईई परीक्षा परीक्षा दिएका थिए ।

११ पालिका रहेको स्याङ्जामा वालिङमा एक विद्यालय, पुतलीबजारमा तीन विद्यालय, भीरकोटमा एक विद्यालय, गल्याङमा एक विद्यालय, चापाकोटमा एक विद्यालय, आँधीखोला, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका एक—एक विद्यालयले एसईई परीक्षामा नतिजा शुन्य ल्याएका हुन् । नजिता शुन्य ल्याउने सबै सामुदायिक विद्यालय हुन् । शुन्य नजिता ल्याउने १० विद्यालयबाट १ सय ४२ विद्यार्थीले एसईई दिएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार वालिङ नगरपालिकाको भुम्रे मा.वि., पुतलीबजार नगरपालिकाको नुवाहाकोट मा.वि.-श्रवणकुमार मा.वि.-शारदा मा.वि, गल्याङ् नगरपालिकाको पेलाकोट मा.वि., चापाकोट नगरपालिकाको जनजागृति मा.वि., भीरकोट नगरपालिकाको शिरुखर्क जोगिस्थान मा.वि., अर्जुनचौपारी गाउँपालिकाको अमरज्योति मा.वि., बिरुवा गाउँपालिकाको जामुनेडाँडा मा.वि. र आँधीखोला गाउँपालिकाको सेपत शिरानचौर मा.वि.को एसईई परीक्षामा शुन्य नतिजा आएको छ । सरकारले लगानी गरेका विद्यालयको नतिजा शुन्यमा आएपछि सम्वन्धित विद्यालयका अभिभावकहरु असन्तुष्ट भएका छन् ।

यो बर्षको एसईई परीक्षामा स्याङ्जामा सामुदायीक विद्यालयमा भन्दा संस्थागत विद्यालयले राम्रो नतिजा दिन सफल भएका छन् । तर चार जिपीए ल्याउने एकमात्र विद्यार्थी भने सामुदायीक विद्यालयकै रहेका छन् । परीक्षाको नतिजा नराम्रो आउनुमा बढी शिक्षकहरुले राजनीति गरेको कारण मानिएको छ । जिल्लाबाट ४ हजार ७२ विद्यार्थी मध्ये १ हजार ७ सय २२ जना विद्यार्थी एसईईमा उत्तिर्ण भएका थिए । राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष पहिलो पटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरेको थियोे ।

यो प्रणालीबाट नतिजा प्रकाशित गरेपछि सरकारी विद्यालयका शिक्षकहरुलाई चुनौती थपिएको छ । सरकारले साउन २३ गतेदेखी ३१ गते सम्म परीक्षामा उत्तिर्ण नभएका सबै विद्यार्थीले पुन परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया