असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रिय सभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत

‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव प्रस्तुत गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजीकरणका लागि आवश्यक व्यवस्था गरिएको बताउनुभयो । दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समेटिने बताउँदै उहाँले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

मन्त्री भण्डारीले भन्नुभयो, “लगानी सम्मेलनको तयारी गर्नुपर्ने अवस्था भएकाले तत्काल अध्यादेश ल्याउनुपर्ने अवस्था थियो । सरकारी तथा गैरसरकारी निकायसँग पर्याप्त छलफल गरेर त्यसका विविध पक्षहरूमा छलफल गरेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको हो ।”

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू कृष्णबहादुर रोकाया, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, सोनामगेल्जेन शेर्पा, सुरेशकुमार आलेमगर, तुलसाकुमारी दाहाल, पदमबहादुर परियारलगायतले धारणा व्यक्त गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार १९ गते दिउँसो १ः१५ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार