असार २१, २०८१ शुक्रबार July 5, 2024

सिन्धुलीका १८ विद्यालयको नतिजा शुन्य

एसईईमा सहभागि दुधौलीका २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परीक्षार्थी अनुत्तिर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुलीका १८ विद्यालयमा कुनै पनि विद्यार्थी पास हुन सकेका छैनन् । गत चैतमा भएको परीक्षामा जिल्लाबाट एसईईमा सामेल भएका १४५ विद्यालय मध्ये १८ विद्यालयको नतिजा शुन्य आएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले दिएको जानकारी अनुसार शुन्य नतिजा प्राप्त गर्ने सबै सामुदायीक विद्यालय रहेका छन् । सबैभन्दा बढी कमजोर नतिजा दुधौली नगरपालिकाका विद्यालयहरुमा देखिएको छ ।

एसईईमा सहभागि दुधौलीका २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परीक्षार्थी अनुत्तिर्ण भएका छन ।

जिल्लाको दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालयले शुन्य नतिजा प्राप्त गरेका हुन ।

दुधौलीको मावि पात्ले भन्ञ्याङ्ग, जनप्रेमी मावि अरुणडाँडा, जनजागृति मावि कोक्टी, भानु मावि रतनपुर, मावि बाँसबोटे, मावि सुँगारे, अरुणोदय मावि राताटार, ज्ञानकुन्ज मावि पचरुखी, मावि सिर्थौली, कमलामावि मैनी, सरस्वती मावि डकाहाको नतिजा शुन्य छ । सरस्वति मावि डकाहाको विद्यालयका नियमित विद्यार्थीको नतिजा शून्य आएको छ भने प्राविधिक धारका विद्यार्थी मात्र उतीर्ण छन् । दुधौली नगरपालिकामा सामुदायीक विद्यालयबाट कुल १ हजार २ जना विद्यार्थी परीक्षामा सामेल भएकामा जम्मा १ सय १२ जना अर्थात २ दशमलव ९९ प्रतिशत मात्र उतीर्ण भएका छन् । यस्तै चारवटा संस्थागत विद्यालयका १ सय २५ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ७१ दशमलव ३० अर्थात ८२ जना मात्र पास भएका छन् ।

यस्तै निपाटन गाउँपालिकाका २१ विद्यालयमध्ये १८ वटा मात्र विद्यालयका विद्यार्थीहरू उतीर्ण भएका छन् । तीन वटा विद्यालयको नतिजा शून्य छ । कमला मावि छरछरे, कालिका मावि लङ्गुरछविसे र मावि रिठ्ठेको नतिजा शून्य आएको हो । पालिकाबाट कुल ६ सय ३१ जना विद्यार्थीहरु परीक्षामा सामेल भए पनि ३ सय ९४ जना मात्र उतीर्ण भएको पाइएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए ।

यस्तै मरिणको कुशेश्वर मावि नक्कली, सुनकोसीको शिद्धमावि कोटगाउँ र गोलन्जोरको मङ्गला मावि घोक्सिलाको नतिजा शून्य आएको छ ।

जिल्लाको फिक्कल र घ्याङ्लेख गाउँपालिकाका भने औसत सबै विद्यालयका विद्यार्थी उतीर्ण भएको पाइएको छ । जिल्लामा परीक्षामा सहभागीमध्ये ४३ दशमलव ५ प्रतिशत अर्थात २ हजार ३ सय मात्र विद्यार्थीहरु उतिर्ण भएका छन । जिल्लामा एसईई परीक्षामा कुल ५ हजार २ सय ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

यसैबीच यस वर्षको एसईई परीक्षामा जिल्लामा कमलामाई नगरपालिका ६ को सिद्धस्थली माध्यमिक विद्यालयका डिप्लभ फुयाँलले ३ दशमलव ९६ जिपिए प्राप्त गर्दै छात्र तर्फ जिल्ला प्रथम भएका छन् । गौमती माध्यमिक विद्यालय सिन्धुलीमाढीकी शोभिच्छा कार्कीले ३ दमलव ९२ जिपिए सहित छात्रातर्फ जिल्ला प्रथम भएकी छिन । कार्की सामुदायिक विद्यालयतर्फबाट पनि जिल्ला प्रथम भएकी हुन् ।

फिक्कलको एसईई नतिजा ८५ प्रतिशत

देशभरको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा कमजोर आईरहेका बेला फिक्कल गाउँपालिकाका सबै सामुदायीक विद्यालयको नतिजा उत्कृष्ट आएको छ । फिक्कल गाउँपालिकाका ८५ दशमलब २० प्रतिशत विद्यार्थीले एसईई उत्तिर्ण गरेका छन । गाउँपालिकाबाट १४ दशमलब ८० प्रतिशतले ग्रेडवृद्धिको अवसर पाएका छन ।

यो जिल्लाका नौ वटा पालिकाभित्रकै उत्कृष्ट नतिजा प्राप्त गर्ने गाउँपालिका हो । फिक्कलबाट एसईईमा समावेश भएका १२ विद्यालय मध्ये ३ वटा सामुदायिक विद्यालयको नतिजा शत प्रतिशत रहेको छ । फिक्कलको मावि रातामाटा खोलागाउँ, सुनकोशी मावि खाङसाङ र फिक्कल मावि सोल्पाले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका हुन ।

यो पालिकाबाट ३६५ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ३११ जनाले एसईई उत्तिर्ण गरेका छन । ५४ जनाले ग्रेडवृद्धि परीक्षा दिने अवसर पाएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख निलहरी लामिछानेले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूची हेर्नुहोस्)
२०८१ असार २१, शुक्रबार
शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको ७८ हजार ७५० सहयोग
२०८१ असार २१, शुक्रबार
नेकपा एसका सांसद प्रेम आलेले छाडे पार्टी
२०८१ असार २१, शुक्रबार
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
२०८१ असार २१, शुक्रबार
प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने
२०८१ असार २१, शुक्रबार
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
२०८१ असार २१, शुक्रबार
कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने
२०८१ असार २१, शुक्रबार