असार २१, २०८१ शुक्रबार July 5, 2024

कोरियन दूतावासको वेबसाइट ह्याक गर्ने ७ जना पक्राउ

बिचौलियाहरूले वेबसाइट नै ह्याक गरेर सेवाग्राहीबाट भिसाको डेट लिइदिएबापत प्रतिव्यक्ति ४० हजारसम्म लिने गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गर्ने ७ जना पक्राउ परेका छन्।

दूतावासले भिसाका लागि वेबसाइटमा हप्तामा दुई दिनमात्रै खोल्ने भएपछि बिचौलियाहरूले वेबसाइट नै ह्याक गरेर सेवाग्राहीबाट भिसाको डेट लिइदिएबापत प्रतिव्यक्ति ३० हजार देखि ४० हजारसम्म लिने गरेको पाइएपछि छापा मारेर ७ जना बिचौलियालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

दक्षिण कोरियाली दूतावासका अधिकारीहरू सीआईबीमा नै पुगेर दूतावासको बदनाम हुने गरी बिचौलिया हाबी भएकाले कारबाही गर्न लिखित अनुरोध गरेपछि हामीले छापा मारेर ती बिचौलियालाई पक्राउ गरेको स्रोतले जानकारी दियो ।

प्रहरीले उनीहरूविरुद्ध साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाइएको पनि सीआईबीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया