चैत्र १३, २०८१ बुधबार March 26, 2025

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

असार २८ गते विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पठाए पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने गरि संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया