असार २१, २०८१ शुक्रबार July 5, 2024

ट्यूसन कक्षा सञ्चालन गर्दा अनिवार्य दर्ता गर्नुपर्ने

ट्यूसन कक्षा सञ्चालन गर्दा ७ दिन भित्र आवश्यक कागजातसहित नगरपालिकामा दर्ता गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैलेखमा अबदेखि नारायण नगरपालिका भित्र ट्युसन कक्षा सञ्चालन गर्दा दर्ता गर्नुपर्ने छ । नारायण नगरपालिका भित्र बिनादर्ता ट्यूसन तथा कोचिङ्ग कक्षा सञ्चालन गरिरहेको पाईएपछि नारायण नगरपालिकाले दर्ता गरेर कक्षा सञ्चालन गर्न निर्णय गरेको हो ।

ट्यूसन कक्षा सञ्चालन गर्दा दर्ता प्रकृया पुरा गरेर संचालन गर्नुपर्ने मनोमानी तरिकाले संचालन गरेको पाइएमा तत्काल कारवाही गरिने नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उनले भने नगरपालिका भित्र ट्यूसन कक्षा सञ्चालन गर्दा ७ दिन भित्र आवश्यक कागजातसहित नगरपालिकामा दर्ता गर्नुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया