श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बाँकेमा डेंगुको जोखिम उच्च, ४ सय ५ जनामा संक्रमण

जिल्लाका सबै पालिकामा डेंगुको सङ्क्रमण देखिएपछी नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके । वर्षा सुरु भएसँगै बाँकेमा डेंगुको जोखिम बढेको छ । अबको चार महिना डेंगु संक्रमण उच्च हुने सम्बद्ध अधिकारीहरूको अनुमान छ । डेंगु सङ्क्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म धेरै हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सबै पालिकामा डेंगुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्ने स्वास्थ्य कार्यालयका प्रमुख अंगत बहादुर शाहीले बताउनु भयो ।

बाँकेका डेगुँ रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेंगु सङ्क्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो ।

जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छ जना डेंगुका बिरामी भेटिएको गौतमले बताउनु भयो । उहाँले भन्नुभयो,“बिरामीको सङ्ख्या बढ्दै गएको छ र अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले डेंगु सङ्क्रमण बढ्दो देखिएको छ,।”

उहाँले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक रहेको जिकिर गर्नु भयो । गौतमले डेंगुको सङ्क्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै सचेत हुन आग्रह गर्नु भयो ।

यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेंगु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिनुभएको छ । उहाँले एक विज्ञप्ति निकालेर डेंगुको विषाणुद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग उल्लेख गर्दै घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन अपिल गर्नु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार