असार २२, २०८२ आइतबार July 6, 2025

भारतीय बिडीसहित ३ जना बैतडी प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बैतडी प्रहरीले हतियारसहित भारतबाट अवैधरूपमा ल्याइएको भारतीय बिडीसहित ३ जनालाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा दशरथचन्द नगरपालिका-८ त्रिपुराका २२ बर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।

उनीहरूलाई दशरथचन्द नगरपालिका-८ नल्तडीस्थित महाकालीकिनारबाट शनिबार राति २ बजे पक्राउ गरिएको हो । भन्सार छली गरेर महाकाली नदीमा ट्युबमार्फत अवैधरूपमा बिडी भित्रिरहेको गोप्य सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको प्रहरी टोलीले बिडीसहित ३ जनालाई पक्राउ गरेको हो ।

बरामद गरिएको ३ पेटी भारतीय घोडा बिडी १ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले भनाइ रहेको छ । उनीहरूको साथबाट ३ पेटी बिडीसँगै १ वटा ट्युब, २ थान खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सीमामा एम्बुस गस्तीका क्रममा उक्त अवैध सामान र मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार