असार २४, २०८१ सोमबार July 8, 2024

शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको ७८ हजार ७५० सहयोग

कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्नेहरूको संख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । निजी क्षेत्रको नविल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले बिहिवार ७८ हजार ७५० रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।

बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ ।

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल थालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।

सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ड्रप आउट रोक्न सहयोग पुग्ने उपमहानगरनगरको भनाई रहेको छ ।

धनगढी उपमहानगरले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगरप्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न धनगढी नगर प्रमुख गोपाल हमालले सबैलाई आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
२०८१ असार २४, सोमबार
नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ : महेश बर्तौला
२०८१ असार २४, सोमबार
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
२०८१ असार २४, सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१ असार २४, सोमबार
भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान
२०८१ असार २४, सोमबार
बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा
२०८१ असार २४, सोमबार
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
२०८१ असार २४, सोमबार