फागुण ३, २०८१ शनिबार February 15, 2025

युरो कप फुटबलमा आज उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

मध्यराती १२ : ४५ बजे फ्रान्स र पोर्चुगलबिच दोस्रो क्वाटरफाईनलको खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।

आयोजक जर्मनीले स्पेनसँग नेपाली समय अनुसार शुक्रबार राती ९: ४५ बजे  सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छ। दुवै टोली उपाधिका दाबेदार पनि हुन । यस पाली उनीहरूको प्रदर्शन पनि अब्बल रहेको छ।

समूह चरणमा स्पेनले तीनै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो।प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पार्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको हो।

Euro 2024 quarter-finals: Cristiano Ronaldo takes on Kylian Mbappe while  Spain play hosts Germany | Football News | Sky Sports

समूह इ मा रहेको स्पेनले समूह चरणमा क्रोएसियालाई ३–० , इटालीमाथि १–० र अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समग्रमा स्पेनले हालसम्म नौ गोल गरिसकेको छ भने केवल एक गोल मात्र खाएको छ।

समूह ए मा रहेको आयोजक जर्मनीले समूह चरणका तीन खेलमा २ जित र १ खेल बराबरीमा टुङ्गाउँदै समूहमा पहिलो हुँदै प्रिक्वाटरफाईनलमा स्थान बनाएको हो।त्यसैगरी प्रिक्वाटरफाईनलमा जर्मनीले  बलियो प्रतिद्वन्द्वी डेनमार्कमाथि २–० गोलको जित हात पारेको थियो। जर्मनीले हालसम्म कुल १० गोल गरेको छ भने केवल दुई गोल खाएको छ ।

जर्मनी र स्पेनले हालसम्म तीन–तीन पटक युरोकपको उपाधि जितेका छन् । जर्मनी तीन पटक र स्पेन एक पटक उप–विजेता पनि बनेका छन् ।

युरोकप फुटबलमा जर्मनीले १४ पटक तथा स्पेनले १२ पटक सहभागीता जनाएका छन् ।यसैगरी शुक्रबार मध्यराती १२ : ४५ बजे फ्रान्स र पोर्चुगलबिच दोस्रो क्वाटरफाईनलको खेल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८१ फागुण ३, शनिबार
पूर्वाञ्चल क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’
२०८१ फागुण ३, शनिबार
आज शनिबार : शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँईको राशिफल
२०८१ फागुण ३, शनिबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुने
२०८१ फागुण ३, शनिबार
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
२०८१ फागुण ३, शनिबार
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
२०८१ फागुण ३, शनिबार