असार २१, २०८२ शनिबार July 5, 2025

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत शुक्रबार बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो।

सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएकी थिइन।

सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गरे। बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१/८२ को ल्याएको रु ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गरे। उनका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार