असार २१, २०८२ शनिबार July 5, 2025

टी-२० मा भारतमाथि जिम्बावेको शानदार जित – दोस्रो खेल भोली

जिम्बावेले भारतलाई १३ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जिम्बावेले भारतविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ। शनिबार सम्पन्न टी–२० सिरिजको पहिलो खेलमा जिम्बावेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो।

जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनायो।

भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाए। त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यस्तै भारतीय ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा जिम्बावेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३–३ विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो। जिम्बावेका लागि क्लिभ मडान्डेले सर्वाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाए।

त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्वाधिक ४ विकेट लिएए भने वाशिंटन सुन्दरले २ विकेट लिए।

यो जितपछि ५ खेलको सिरिजमा जिम्बावे १–० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार