असार २४, २०८२ मंगलबार July 8, 2025

आज ४६८ जना कोरोना सङ्क्रमितका नयाँ बिरामी थपिए, १२१ जना निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो चाैविस घण्टायता नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज कोरोना संक्रमित पुष्टि हुनेहरुमा  ३ सय ६४ जना पुरुष र  १ सय १२ जना  महिला रहेका छन् । यो सँगै हालसम्म संक्रमितमध्य महिला १ हजार ५ सय ८६ र पुरुष ११ हजार ६ सय ६२ छन् ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये १३ जना महिला र १०८ जना महिला छन् । हालसम्म २६६ जना महिला र २८६६ जना पुरुष गरी ३१३४ जना कोरोना निको भएर घर फर्किसकेको  प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् । यस्तै, काठमाडौं उपत्यकमा पनि कोभिड १९ को वृद्धि भएकाले घरबाट ननिस्किन स्वास्थ्य मन्त्रलायले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार