जेठ ६, २०८३ बुधबार May 20, 2026

रारा विमानस्थल ५ दिनदेखि अबरुद्ध

मुगु , जुम्ला र हुम्लाका उडान अवरुद्घ हुँदा सयौं यात्रुहरू अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु । रारा विमान स्थलमा ५ दिनदेखि हवाई सेवा अवरुद भएको छ । हिमाली जिल्लाहरू मुगु, जुम्ला र हुम्लामा वर्षाले गर्दा चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

करिब एक साता अघिदेखि निरन्तर वर्षा हुन थालेपछि मुगु , जुम्ला र हुम्लाका उडान अवरुद्घ हुँदा समयमा नै विभिन्न ठाउँमा जाने यात्रुहरू गन्तब्यमा पुग्न नपाउँदा यात्रुहरु मर्कामा परेका हुन् ।

तीन दिनदेखि हवाइ जहाजको प्रतिक्षामा रहेका पत्रकार हरीकृष्ण ऐडी प्लेन नआउने वातावरण बुझे पछि शुक्रवार मौसम बिग्रेको बेला आफुले जोखिम मोलेर भएपनि गाडीमा काठमाडौं जानू परेको बताएका छन्

निरन्तरको वर्षाले चार दिन देखि नेपालगन्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले जनाए । उहाका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ भने शनिवार पनि मौसम बिग्रेका कारण उडान हुने सम्भावना न्यून छ ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । नेपाल कै प्रमुख पर्यटकिय क्षेत्र रारा घुम्न आउने पर्यटकहरु रारा विमानस्थलबाट हवाइ यात्रा गर्ने गर्दछन । यो विमान स्थलमा निजि तथा सरकारि स्वामित्वको बिमानहरुले दैनिक ३र४ हवाइ उडान गर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सशस्त्रका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस
२०८३ जेठ ६, बुधबार
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
२०८३ जेठ ६, बुधबार
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
२०८३ जेठ ६, बुधबार
कञ्चनपुर-कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
२०८३ जेठ ६, बुधबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
२०८३ जेठ ६, बुधबार
राष्ट्र बैंकद्धारा बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ जेठ ६, बुधबार
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
२०८३ जेठ ६, बुधबार