काठमाण्डौंः रुकुम-पश्चिममा मारिएका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने निर्णय गरेको छ ।
रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यस्तो छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया