बैसाख १३, २०८२ शनिबार April 26, 2025

‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’

रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने एड्रियन मुटुको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ ।

रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन भन्ने कौतुहलता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ ।

यसैबीच चेल्सीका पुर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबि गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबि गरेका हुन् ।

क्रिस्टियानो जुनियर अहिले १४ बर्षका छन् र उनी राम्रो फुटबल खेल्दछन । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन्- ‘रोनाल्डोको यहि असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहान्छन् । र यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।’

३९ बर्षिय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन, निश्चित रहेको छैन । पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार