बैसाख ६, २०८२ शनिबार April 19, 2025

सल्यानमा टमाटरको मूल्य यो वर्षकै उच्च, प्रतिकिलो एक सय रुपैयाँ

कृषकले यो वर्षको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री गर्न पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सल्यानका किसानले टमाटर यो वर्षकै उच्च मूल्यमा बिक्री गरेका छन् । टमाटरले उचित मूल्य पाएपछि कृषक उत्साहित भएका छन् । पछिल्लो केही दिन यता टमाटर थोकमा ९५ देखि एक सय रुपैयाँसम्म बिक्री हुँदै आइरहेको छ । जसले गर्दा कृषकले यो वर्षको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् ।

आज लागेको कृषि हाट बजारमा कृषकले थोकमा ९५ देखि एक सय रुपैयाँसम्मले टमाटर बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार अविरल वर्षा, तराई जलमग्न हुनु र व्यापारिक प्रतिस्पर्धा हुँदा कृषकले कृषिजन्य बस्तुको राम्रो मूल्य पाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो हामीले यस वर्ष धेरै व्यापारिक केन्द्रमा पुगेर अन्तरक्रिया पनि गर्‍यौँ जसका कारण नयाँ व्यापारी आउनु भयो जसले व्यापारी बिच स्वच्छ प्रतिस्पर्धा हुँदा किसानले राम्रो मूल्य पाए ।

वर्षातको समय नसकिएकाले अझै टमाटरको मूल्य बढ्ने उहाँको भनाई छ । तराई जिल्ला डुबानमा पर्ने भएकाले तराईमा टमाटरको माग अत्यधिक बढ्ने शर्माको भनाई छ ।

आजको हाटबजारमा अन्य कृषिजन्य बस्तुले पनि राम्रो मूल्य पाएका छन् । किसानले बन्दागोभी ३५, फूलगोभी ६५, भेडे खुर्सानी ५०, मसिना खुर्सानी १७५, अकबरे खुर्सानी २५० रुपैयाँ किलोमा बिक्री गरेका छन् । यस्तै सिमि १३५, काँक्रो लोकल ४५, मुला ४०, माछे खुर्सानी ४०, बोडी १०० रुपैयाँ किलो रुपैयाँ किलोमा बिक्री भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार