श्रावण ५, २०८२ सोमबार July 21, 2025

काठमाडौँ महानगरको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

महानगरपालिकाको मंगलबार दिउँसो सुरु भएको नगरसभाको १५औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन शाहले घोषणा गरेका थिए । त्यस्तै छलफलपछि महानगरको बजेट पनि पारित भएको छ ।

महानगर प्रमुख बालेन शाहले नगर सभाका सदस्यहरुले प्रस्तुत गरेको बजेटको संशोधनलाई सकेसम्म समेट्ने गरी बजेटलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई नगरसभाले सर्बसम्मत पारित गरेको थियो ।

महानगरको नगर सभामा उपप्रमुख सुनिता डंगोलले असार १० गते २५ अर्ब ७० करोड ६३ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छः देउवा
२०८२ श्रावण ५, सोमबार
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार