असार ३०, २०८१ आइतबार July 14, 2024

कर्णालीको वार्षिक खर्च ६० प्रतिशत

गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।

प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिनुभयो । जसमा चालुतर्फ रु नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ ९६८ दशमलव ३६० र पुँजीगततर्फ रु दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ ९५४ दशमलव ६७ प्रतिशत० खर्च भएको उहाँले बताउनुभयो ।

“गत आव ०७९/०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो”, उहाँले भन्नुभयो, “चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।” नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आवमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा रु १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कारण रहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया