असार ३०, २०८१ आइतबार July 14, 2024

क्यानडालाई हराँउदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ। जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए। अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ। १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १५ मा हुने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया