काठमाण्डौंः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ निर्धारण भएको छ ।
बुधबार प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय रूपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० रूपैयाँ मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ८५ रूपैयाँ निर्धारण भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया