काठमाडाैँ– जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साहसहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बन गरेको छ।
निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साहलगायत छन्। सिराहाको मिर्चैया नगरपालिकाकै ६ जना रहेका छन्। जनमत पार्टी केन्द्रीय अनुशासन समितिको गत असार २० गते बसेको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो।
“जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,” पार्टीको विज्ञप्तिमा भनिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया