भाद्र २९, २०८३ सोमबार September 14, 2026

निजी क्षेत्रको अनियमितता र भ्रष्टाचार हेर्न अख्तियार आवश्यक छैनः प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री के पी शर्मा ओलीले निजी उद्योग ब्यवसायहरुलाई नियमन गर्ने बिभिन्न निकायहरु रहेको हुँदा यस क्षेत्रको अनियमितता र भ्रष्टाचार हेर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाल आवश्यक नरहेको बताएका छन् ।

नेपाल उद्योग परिसँघको काठ्माण्डौंमा जारी १७औं बार्षिक साधारणसभालाइ भर्च्युअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट उत्पन्न समस्या साझा भएको र यसको समाधान पनि साझा प्रयासबाट सम्भव हुने बताए ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण बैदेशिक रोजगारीबाट फर्केका लाखौं युवायुवतीहरुका लागि रोजगारीका अवसर सृजना गर्नुपर्ने आवश्यकता पैदा भएको बताएका हुन् ।

 साथै उनले विश्वमहामारी कोरोना भाइरसका कारण अर्थतन्त्र स्वास्थ्य शिक्षा लगायत राष्ट्रिय जीवनका बिभिन्न पक्षमा परेका प्रभावहरु कम गर्न सरकार प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया