काठमाडौंः अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको छैन ।
अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल अब नेपाली समय अनुसार ७ बजेदेखि शुरु हुने बताइएको छ ।
स्टेडियममा फ्यानहरुको भिड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।
आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको छ । मिडिया रिपोर्टका अनुसार प्रहरीले केहि समर्थकहरुलाई हिरासतमा समेत लिएको छ ।
अत्याधिक गर्मीका कारण कैयौं समर्थकहरु बेहोस समेत भएको र उनीहरुलाई उपचार गरिएको दृश्य समत सार्बजनिक भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया