असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् ।

गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् ।

आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् ।  उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार