माघ २८, २०८१ सोमबार February 10, 2025

२०३० मा हुने महिला टी- २० विश्वकपमा १६ देश सहभागी हुने

२०२६ मा इङल्याण्डमा हुने महिला टी- २० विश्वकपमा १२ देशले भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकपमना १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी- २० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।

अहिले महिला टी- २० विश्वकपमा १२ देशले भाग लिदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी- २० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी- २० विश्वकपमा १२ देशले भाग लिने छन् ।

त्यस्तै आइसीसीले २०२६ को टी- २० विश्वकप छनौटको कट- अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया