फागुण ३, २०८१ शनिबार February 15, 2025

मैत्रीपूर्ण खेलमा रसियासँग नेपाल पराजित

मैत्रीपूर्ण खेलसँगै अब नेपालले साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा‌ सहभागीता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। रसियन टोलीसँगको दोश्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला राष्ट्रिय भलिबल टोली पराजित भएको छ।

आइतबार पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको नेपाली टोली सोमबार दोश्रो खेलमा पनि पराजित भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार भएको‌ खेलमा रसियन टोलीले नेपाली महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले रसियन टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको हो। नेपालस्थित रसियाको दूतावासको सहयोगमा भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको थियो।

मैत्रीपूर्ण खेलसँगै अब नेपालले साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा‌ सहभागीता जनाउने छ । लिगमा नेपालका साथै भारत, इरान, श्रीलंका र माल्दिभ्स पनि सहभागी हुदैछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया