असार २५, २०८२ बुधबार July 9, 2025

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज देखि शुरु हुँदै

बजेट पारित नहुँदा प्रदेशमा राजस्व सङ्कलन लगायतका आर्थिक गतिविधि ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज देखि शुरु भएको छ ।

विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भिम बहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विशेष अधिवेशन आह्वान सम्बन्धीको पत्र पढेर सुनाउनु भयो । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा स्थापना भए देखि आज सम्म आइपुग्दा यो पहिलो विशेष अधिवेशन हो ।

नेपाली काँग्रेस र नेकपा एमालेका प्रदेश सभा सदस्य (एक चौथाई) ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले असार ८ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नु भएको थियो ।

बजेट शून्यताको अवस्था रहेको समय प्रदेश सभाको विशेष अधिवेशन शुरु भए पछि सरकारलाई आर्थिक अध्यादेश ल्याउने बाटो समेत रोकिएको छ । बजेट पारित नहुँदा प्रदेशमा राजस्व सङ्कलन लगायतका आर्थिक गतिविधि ठप्प रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार